राजेश हमालले गाए ‘गाउँले ठिटो’
अभिनेता राजेश हमाल पछिल्लो समय म्युजिक भिडियो अभिनयको अलवा गायनमा समेत देखिन थालेका छन् । केही अगाडि ‘मन बुढो भएन’ बोलको एक गीत गाएका हमालले हालै फेरि ‘गाउँले ठिटो’ बोलको गीत आफ्नै स्वरमा रेकर्ड गराएका छन् ।
गोविन्द भट्टको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको थियो । गीतको म्युजिक भिडियोमा समेत राजेशको अभिनय रहने भएकोले उनलाई नै गाउन लगाएको संगीतकार सन्तोष श्रेष्ठले बताए ।
‘विदेशमा रहेका फर्किउ, स्वदेशमै केही गर भन्ने सन्देश गीतमा रहेको छ’ संगीतकार श्रेष्ठले भने ‘ग्रामीण परिवेश आउने खालको गीत राजेशको सोचअनुसार तयार भएको छ ।’ गीत राजेशले एकै पटकमा गाउन सफल भएका भने होइन् । चार–पाँच पटकको बसाइपछि हमालले गीत गाउन सफल भएको संगीतकार श्रेष्ठले सुनाए । ‘उहाँबाट व्यावसायिक गायक÷गायिका जस्तो आशा गर्नु हुँदैन’ श्रेष्ठले भने, ‘टाइमिङ भने पर्फेक्ट छ ।’
गीतको केही समयपछि भिडियो समेत निर्माण हुनेछ । देवेन्द्र पाण्डेको निर्देशन रहने भिडियोमा राजेशकै अभिनय रहने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण