‘मुना तिमी घर जाउ’ को भिडियो सार्वजनिक
सोमबार, १७ माघ २०७८, १५ : ५३
विश्व गौडेलको शब्द तथा दीपक शर्माको स्वर, संगीत रहेको गीत ‘मुना तिमी घर जाउ’ को भिडियो सार्वजनिक भएको छ । चलन चल्तीको गीतभन्दा भिन्न लाग्ने यो गीतको भिडियोमा परदेश गएको आफ्नै साथीको श्रीमतीसँगको सम्बन्ध र त्यसबाट निम्तिने घटना देखाइएको छ ।
ऋषि बरालले निर्देशन गरेको भिडियोमा जिबी चिरन, दीपेश परियार र मनिषा ओझाको अभिनय छ । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । गीतको भिडियो ब्लेक ब्रोज इन्टरटेन्मेन्टले उत्पादन गरेको हो । प्रोडक्सन टिममा ब्लेक गौडेल, ब्रेनन गौडेल र सन्ध्या थापा रहेका छन् ।
प्रविन घिमिरेको छायाङ्कन, विनोद बमको सम्पादन रहेको गीतको भिडियोमा अंग्रेजी सबटाइटाल पनि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण