आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिरिजमा ‘सुपर धने’ निर्माण हुने

मङ्गलबार, १८ माघ २०७८, ११ : ५२
मङ्गलबार, १८ माघ २०७८

साइन्स फिक्सन वेब सिरिज ‘सुपर धने’ निर्माण हुने भएको छ । नमस्ते टाकिज र सिनेमा हबको ब्यानरमा निर्माण हुने सिरिज सुमित सिंहले निर्देशन गर्दैछन् ।
प्रज्ञा जोशी प्रस्तुतकर्ता रहेको सिरियलका निर्माता दिनेश श्रेष्ठ हुन् । सुमित सिंह र राजन महर्जन लेखक रहेको फिल्ममा नीर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, रिस्ता बस्नेत, सरोज दाहाल, मनिष दोलखाली, रविना बस्ताकोटी, तलिसा गुरुङ, आरजे सिंह लगायतका कलाकारको अभिनय रहने छ । 

बालकलाकार प्रिया वाइवा, गुष्मा मोक्तान, सिजन पन्ती, युकी उलकको समेत अभिनय रहने सिरिजका आरजे सिंह कार्यकारी निर्माता हुन् । सिरिजमा छायाँकन, सम्पादन तथा भिएफएक्स जोन राई रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप