आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दिपेनले बनाए र्‍याप गीत ‘स्वतन्त्र’

बुधबार, १९ माघ २०७८, ११ : २२
बुधबार, १९ माघ २०७८

पछिल्लो समय बजारमा र्याप गीतले निकै चर्चा पाउन थालेका छन् । सायद त्यसैले पनि होला र्याप गीत निस्कने क्रम बढ्न थालेको छ । यस्तैमा गायक दिपेन गुरुङ र्याप गीत ‘स्वतन्त्र’ सार्वजनिक गरेका छन् ।
दिपेनकै शब्द, संगति रहेको ‘स्वतन्त्र’ गीतको म्युजिक भिडियो समेत निर्माण भएको छ । भिडियोमा दिपेनसँगै दिव्य दृष्टिको समत अभिनय देख्न सकिन्छ ।

सुयोग गुरुङको निर्देशन रहेको गीतको गीतले स्वतन्त्रताको आवाज समेत उठाएको छ । गीतको भिडियो हङकङका विभिन्न स्थानमा छायाँकन गरिएको छ ।
दिपेनका यसअघि ‘भोटेको छोरा’, ‘जा कोरोना जा’ लगायतका -याप गीतले लोकप्रिय हासिल गरेका थिए । यसअघिका आफ्ना गीत जस्तै ‘स्वतन्त्र’ गीत पनि दर्शक-स्रोताले मन पराउनेमा आफू आशावादी रहेको दिपेनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप