आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अञ्जुले शिवसँग गाइन् ‘आँसु पिउँदै’ गीत

बिहीबार, २० माघ २०७८, १० : ५८
बिहीबार, २० माघ २०७८

गायिका अञ्जु पन्त र गायक शिव परियारको स्वर रहेको मर्मस्पर्शी गीत ‘आँसु पिउँदै’ सार्वजनिक भएको छ । गीतमा भीष्मराज फुलाराको शब्द, बाबुल गिरीको संगीत छ ।

गीतको भिडियो पनि आकर्षक बनेको छ । जसमा पृथ्वी प्रसाईं र अभिनेत्री अनु शाहले जोडीको रुपमा अभिनय गरेका छन् । सुनिता बस्नेतको कोरियोग्राफी, रामजी लामिछानेको निर्देशन रहेको भिडियो फुलारा इन्टरटेनमेन्टले निर्माण गरेको हो । भिडियोमा सुमन कार्कीको छायाङ्कन र रुपा मानन्धरको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप