आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गायक बिष्णु खत्री माओवादी केन्द्र गलकोटको नगर कमिटी उपाध्यक्ष

बिहीबार, २० माघ २०७८, १६ : ५१
बिहीबार, २० माघ २०७८

पश्चिम नेपालका चर्चित गायक कलाकार बिष्णु खत्री नेकपा माओवादी केन्द्र बागलुङको गलकोट नगर कमिटी उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । सो  पार्टीको बुधबार सम्पन्न प्रथम नगर अधिवेशनबाट गायक खत्री नगर कमिटी उपाध्यक्षमा निर्वाचित भएका हुन् । लामो समयदेखि नेपाली लोक दोहोरी गायन क्षेत्रमा रहेका खत्री जनयुद्धकालदेखि नै माओवादी पार्टी समर्थित रहेका थिए । 

गायक खत्रीले भने–‘हो म हिजो सम्पन्न अधिवेशनबाट माओवादी केन्द्र गलकोट नगर कमिटीको उपाध्यक्षमा निर्वाचित भएको छु । ’ उनका अनुसार गलकोट नगर कमिटीको  अध्यक्षमा तिलक उप्रेती निर्वाचित भएका छन् ।  उपाध्यक्ष खत्री पछि अरु दुई उपाध्यक्षमा गंगा भुजेल, ललिता श्रीस्, सचिवमा चन्द्रदत्त रेग्मी र कोषाध्यक्षमा कौशिला घर्ती सर्वसम्मत निर्वाचित भएका छन् ।  पदाधिकारीसहित ६५ सदस्यीय नगर कमिटी बनेको गायक खत्रीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप