मधेस प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु
मधेस प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सर्लाही हरिवनमा सुरु मंगलबार भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा भइरहेको दश दिने ढोलक, मादल प्रशिक्षणमा विभिन्न आठ जिल्लाका प्रशिक्षार्थी सहभागी छन् ।
फागुन ५ सम्म सञ्चालन गरिने प्रशिक्षणमा प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि र क्षेत्रीय समुदायसँगको धार्मिक, साँस्कृतिक सम्बन्धबारे जानकारी दिने, बाजा बन्ने, बनाउने र सुर मिलाउने तरिका सिकाइने छ । त्यस्तै, पूर्वीय तथा पश्चिमी सङ्गीतको प्रारम्भिक ज्ञान, बाजा अनुसारको सङ्गीत संयोजन गरी त्यसैनुसार अभ्यास, सुरताल बोल स्वरलिपिमा लेखन अभ्यास गराइने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोककुमार राईले जानकारी दिए ।
यस अघि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बागमती र प्रदेश नं १ स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण