चोरीको आरोप लागेपछि संगीकार खड्काले भने- ‘वसन्तविरुद्ध मुद्दा दायर गर्छु’
संगीतकार महेश खड्काले अर्का संगीतकार वसन्त सापकोटाविरुद्ध मानहानीको मुद्दा दायर गर्ने बताए । सापकोटाले संगीत चोरेको आरोप लगाएपछि खड्काले आरोप प्रमाणित गर्न चुनौती दिँदै आरोप प्रमाणित गर्न नसके मानहानीको मुद्दा दायर गर्ने बताएका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संगीतकार खड्काले संगीतकार वसन्त सापकोटाले संगीत चोरी गरेको भनेर आफूमाथि लगाएको आरोप निराधार रहेको बताए । सापकोटाले बौद्धिक सम्पती चोरीको विषयमा कानूनी उपचार खोज्ने धेरै कानूनी उपाय छोडेर संगीतकार सापकोटाले मिडियाबाजी गरेर आफ्नो प्रतिष्ठामा आँच पु¥याएको आरोप समेत खड्काले लगाए ।
गायक प्रमोद खरेल र बालगायिका रुक्साना लिम्बूले गाएको ‘नोगेन’ बोलको गीतको संगीत केही अंश चोरेको आरोप संगीतकार वसन्त सापकोटाले खड्कालाई लगाएका थिए । संगीतकार सापकोटाले आफूले संगीत भरेको नेपाली चलचित्र ‘सिलसिला’ को ‘सागर सरी चोख्यो माया’ भन्ने गीतको धेरै अंश चोरी भएको एक सार्वजनिक कार्यक्रममा खड्का माथि आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण