फागुन १ गते मधेश प्रदेशमा सार्वजनिक विदा
शुक्रबार, २८ माघ २०७८, २० : ४१
मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । शुक्रबार मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले एक विज्ञप्ति जारी गर्दै जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।
मधेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलोपटक सरकारले औपचारिक रुपमा जनयुद्ध दिवस मनाउन लागेको छ । यसअघि सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले भने मधेश आन्दोलनसँग केन्द्रित रहेर विभिन्न कार्यक्रमहरु गदै आएको थियो ।
जनयुद्धको दिवसको अवसरमा मधेश सरकारले शहीद भएका परिवारलाई जनही तीन लाख रुपैयाँ दिइने घोषणा समेत गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण