आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘माया गर्न मन छ’ मा पुष्प र शिल्पाको रोमान्स

शनिबार, २९ माघ २०७८, १२ : ३२
शनिबार, २९ माघ २०७८

‘भ्यालेन्टाइन डे’ नजिकिँदै गर्दा माया प्रेमका गीतहरू बजारमा भित्रिने क्रम बढ्न थालेको छ । यस्तैमा भ्यालेन्टाइनको अवसर पारेर गजलकार चन्द्र प्रसाई ‘परिष्कृत’ को नयाँ रोमान्टिक गीत ‘माया गर्न मन छ’ सार्वजनिक गरिएको छ । 

प्रविन बेडवालको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । गीतमा संगीत संयोजन फणीन्द्र राईको छ । गीतमा प्रेमीले प्रेमीकालाई माया गर्न मन भएकोले आफ्नो अँगालोमा आउन आग्रह गरेका छन् । रोमान्टिक प्रेमकथा देखाउन खोजिएको गीतको भिडियोमा फिल्म मंगलम् जोडी अभिनेता पुष्प खड्का र अभिनेत्री शिल्पा पोखरेलको अभिनय देख्न सकिन्छ ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोका निर्माता तेजी प्रसाई हुन् । भिडियोमा हरि हुमागाईको छायाङ्कन र विकाश दाहालको सम्पादन रहेको छ । गीत गीतकार प्रसाईकै च्यानल प्रसाई सन इन्टरटेनमेन्ट टुयुट्वबाट सार्वजनिक भएको हो ।

एकदशक अगाडिदेखि गीत लेखन गर्दै आएका गीतकार परिष्कृतका शब्दमा थुप्रै गीत बजारमा आएका छन् भने धेरैले चर्चा समेत कमाएका छन् । चितवन स्थायी घर भएका प्रसाई सानैदेखि गीत, कविता गुनगुनाउने गर्दथे । गीत, कविता र गजल समेत लेखन गर्दै आएका प्रसाई पछिल्लो समय अमेरिका रहँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप