‘माया गर्न मन छ’ मा पुष्प र शिल्पाको रोमान्स
‘भ्यालेन्टाइन डे’ नजिकिँदै गर्दा माया प्रेमका गीतहरू बजारमा भित्रिने क्रम बढ्न थालेको छ । यस्तैमा भ्यालेन्टाइनको अवसर पारेर गजलकार चन्द्र प्रसाई ‘परिष्कृत’ को नयाँ रोमान्टिक गीत ‘माया गर्न मन छ’ सार्वजनिक गरिएको छ ।
प्रविन बेडवालको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । गीतमा संगीत संयोजन फणीन्द्र राईको छ ।
गीतमा प्रेमीले प्रेमिकालाई माया गर्न मन भएकोले आफ्नो अंगालोमा आउन आग्रह गरेका छन् । रोमान्टिक प्रेमकथा देखाउन खोजिएको गीतको भिडियोमा फिल्म मंगलमका जोडी अभिनेता पुष्प खड्का र अभिनेत्री शिल्पा पोखरेलको अभिनय देख्न सकिन्छ ।
देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोका निर्माता तेजी प्रसाई हुन् । भिडियोमा हरि हुमागाईंको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ । गीत गीतकार प्रसाइकै च्यानल प्रसाइसन इन्टरटेन्मेन्ट टुयुट्वबाट सार्वजनिक भएको हो ।
एक दशक अगाडिदेखि गीत लेखन गर्दै आएका गीतकार परिस्कृतका शब्दमा थुप्रै गीत बजारमा आएका छन् भने धेरैले चर्चा समेत कमाएका छन् । चितवन स्थायी घर भएका प्रसाई सानैदेखि गीत, कविता गुनगुनाउने गर्दथे । गीत, कविता र गजल समेत लेखन गर्दै आएका प्रसाई पछिल्लो समय अमेरिका रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण