मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

आईसीसी वरीयता : सन्दीप लामिछानेको १६ स्थान सुधार

बुधबार, ११ फागुन २०७८, १६ : १०
बुधबार, ११ फागुन २०७८

आइसीसी टी–२० बलिङ वरीयतामा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले १६ स्थान सुधार गरेका छन् । आइसीसीले बुधबार जारी गरेको वरीयतामा नेपालका लेग स्पिनर सन्दीप ठुलो छलाङ मार्दै वरीयताको ४३औं स्थानमा उक्लिए । यसअघि उनी ५९ औं स्थानमा थिए । 

यस्तै, नेपाली टोलीका मिडियम पेस बलर अविनाश बोहरा वरीयताको ८६ औं स्थानमा उक्लिए । यसअघि वरीयताको ९८ औं स्थानमा रहेका अविनाशले १२ स्थान सुधार गरे । टी २० विश्वकपको ग्लोबल छनोटमा सन्दीप र अविनाशले गरेका प्रदर्शनका आधारमा आइसीसीले नयाँ वरीयता सार्वजनिक गरेको हो । यद्यपि छनोटको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना पूरा हुन सकेन । 

वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका बलर तबरेज साम्सी यथावत छन् । यस्तै, दोस्रो स्थानमा अस्ट्रेलियाका जस हेजलउड र तेस्रो स्थानमा इङ्ल्यान्डका आदिल रासिद पनि यथावत् छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप