धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गामा बनेका घर र टहरा हटाउने
धरान उपमहानगरपालिकाले २०७२ यता अनधिकृत रुपमा टहरा बनाएर बसेकालाई हटाउने निर्णय गरेको छ । धरान–१७ स्थित सर्दुखोला किनार आसपासका क्षेत्रमा अनधिकृत रुपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर र टहरा बनाउने कार्य नरोकिएकाले त्यसलाई हटाउने निर्णय गरिएको हो ।
आइतबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले जानकारी दिए । सर्वपक्षीय बैठकले २०७२ सालपछि सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्ती क्रमबद्ध रुपमा हटाउने निर्णय गरेको उनको भनाइ थियो ।
उक्त कार्यको सुरुआत वडा नं १७ स्थित नयाँ अतिक्रमित क्षेत्रबाट गरिने भएको छ । धरान उपमहानगरपालिका वडा नं १७ देविथान र कालापानीलगायत विभिन्न खोलाको किनारा, बगर र बहाव क्षेत्र अतिक्रमण गरी रातारात बस्ती बस्ने क्रम नरोकिएकाले स्थानीय राजनीतिक दलका पदाधिकारी तथा सरोकारवाला निकायका पदाधिकारीको सहभागितामा उपमहानगरले छलफल गराएको थियो ।
खुला क्षेत्र र सार्वजनिक जग्गाको संरक्षणमा अवरोध पुग्नका साथै नगरको सुन्दरता नै कुरुप हुनेगरी गरिएको अतिक्रमण हटाउनु पर्नेमा सबैले बैठकमा प्रतिबद्धता जनाएका थिए । सुकुम्बासीको नाममा खुला क्षेत्र र खोला किनार अतिक्रमण गरी बस्ती बसाउने क्रम बढेको र उनीहरुलाई दलका नेताहरुले नै उक्साउने गरेको पाइएको बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण