भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध : अध्यक्ष निरौला

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिसम्बन्धी सबै खाले समस्या समाधान गर्न आयोगले काम गरिरहेको बताएका छन् । झापाको कमल गाउँपालिकामा आज पालिकासँग भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगसँग सम्झौता आदानप्रदान गर्दै उनले सुकुम्बासीको, भूमिहीन, दलित भूमिहीन र अव्यवस्थित बसोबासीको भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध भएको बताए ।
देशैभरि देखिएका भूमि समस्या हटाउन सरकारले जिम्मेवारी दिएको उल्लेख गर्दै अध्यक्ष निरौलाले भने,“भूमि आयोग निष्पक्ष भएर सुकुम्बासी लगायतका भूमिसम्बन्धी समस्या हटाउँदै भूमिमा सबैको अधिकार स्थापित गर्ने गरी काम थालेका छौं ।”
सम्झौतापत्र आदानप्रदानका क्रममा पालिकाका अध्यक्ष मेनुका काफ्लेले गाउँँपालिकाभित्रका सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीलाई सहज ढङ्गले जति छिटो जग्गाको धनीपूर्जा प्रमाणपत्र दिन आग्रह गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीको विशेष चेकिङ : लागुऔषध सेवन गरी सवारी चलाउने ४ जना चालक नियन्त्रणमा
-
सर्लाहीको भरत तालमा पर्यटकको घुँइचो
-
मिटरब्याज पीडितहरू लाइन लागेर पुगे बालुवाटार
-
आन्तरिक विवाद चुलिएपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
-
रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालन
-
नुवाकोटको बेतिनीमा टाटासुमो दुर्घटना, मृत्यु हुनेको संख्या तीन पुग्यो