कामना सेवा विकास बैंकका थप ३ वटा शाखा चितवनमा
बुधबार, १८ फागुन २०७८, १८ : १७
कामना सेवा विकास बैंकले चितवनमा थप ३ वटा शाखा विस्तार गरेको छ । खैरहनी नगरपालिका वडा नं. ०८ पर्सा बजारमा, कालिका नगरपालिका वडा नं. ४ पदमपुरमा र भरतपुर महानगरपालिका वडा नं. २५ अमृतचोकमा शाखा विस्तार गरेको हो । योसँगै कामना बैंकको शाखा कार्यालय १३२ पुगेको छ । बैंकले नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत ग्राहकलाई बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । बैंकका १३२ शाखा, १ विस्तारित काउन्टर, ४ शाखा रहित बैंकिङ सेवा तथा ७७ एटिममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चारवटै सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने घोषणा
-
सैफ अली खान र करीनाको सम्बन्ध बिग्रिएको हो ?
-
सामाजिक सुरक्षामा केन्द्रित सबै संस्थालाई मर्जर गर्ने सरकारको उद्घोष
-
प्रहरीको बढुवा प्रणाली अनुमानयोग्य बनाउने सरकारको घोषणा
-
यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
ज्येष्ठ नागरिकको घरमा नै नियमित स्वास्थ्य परीक्षण गरिने