चारवटै सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने घोषणा
काठमाडौँ । सरकारले ४ वटै सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना सहित सबै सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने घोषणा गरे ।
आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने,‘राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ गरिने छ ।’
नेपाली सेनाले सञ्चालन गरिरहेको ‘बंकर देखी ब्यारेक’ कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरिएको छ । राष्ट्रिय सेवा दल सम्बन्धी कार्यक्रमलाई स्थानीय तहसम्म विस्तार गरिने पौडेलले बताए । उनले भने,‘अत्यावश्यक गोली गठ्ठा, विस्फोटक पदार्थ र लत्ताकपडा लगायत सैन्य सामग्रीमा आत्मनिर्भरता हासिल गर्दै जाने नीति लिइने छ ।’
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय यथाशीघ्र सञ्चालन गरिने उल्लेख गर्दै राष्ट्रपतिले युएनमा प्रतिनिधित्व बढाउन कूटनीतिक पहल गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण