सामाजिक सुरक्षामा केन्द्रित सबै संस्थालाई मर्जर गर्ने सरकारको उद्घोष
काठमाडौँ । सरकारले हाल सञ्चालनमा रहेका सबै सामाजिक सुरक्षामा केन्द्रित वित्त संस्थाहरूलाई मर्जर गर्ने रणनीति बनाएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छरिएर रहेका सामाजिक सुरक्षामा काम गर्ने संस्थाहरूलाई एकीकृत गर्ने बताएका हुन् ।
हाल सामाजिक सुरक्षा कोष (एसएसएफ) सँगै नागरिक लगानी कोष (सीआईटी) र कर्मचारी सञ्चय कोष (ईपीएफ) गरी तीनवटा संस्था सामाजिक सुरक्षा कार्यक्रममा केन्द्रित छन् । एउटै उद्देश्य भएका तीन तीन वटा संस्थाको आवश्यकता नपर्ने भन्दै मर्जरको विषय उठ्दै आएको थियो । तर, सरकारले नीति तथा कार्यक्रममा नै समेट्दै यस्ता एकै प्रकृतिका सामाजिक सुरक्षा कार्यक्रमका संस्थानहरूलाई मर्जर गर्ने जनाएको हो ।
सरकारले सबै खाले औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने समेत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण