प्रहरीको बढुवा प्रणाली अनुमानयोग्य बनाउने सरकारको घोषणा
काठमाडौँ । प्रहरीको बढुवा प्रणालीलाई अनुमान योग्य बनाउने घोषणा गरिएको छ । आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन् ।
उनले भने,‘सबै तहका प्रहरी कर्मचारीको सेवा निवृत्ति हुने अवधि पुनरावलोकन गरिने छ, बढुवा प्रणालीलाई अनुमान योग्य बनाइने छ ।’
गृह प्रशासनलाई थप प्रभावकारी बनाउन सबल, सक्षम र व्यावसायिक तुल्याइने उनले बताए । प्रहरीलाई भौतिक पूर्वाधार र प्राविधिक स्रोत साधनले सम्पन्न तुल्याउने उद्घोष गर्दै पौडेलले भने,‘आन्तरिक सुरक्षा व्यवस्थालाई भरपर्दो बनाइने छ ।’
राज्यले संरक्षण गर्नुपर्ने वर्गलाई सुरक्षा अनुभूति दिलाइने सरकारले घोषणा गरेको छ । अन्तर्राष्ट्रिय सिमापार अपराध र राजस्व चुहावट नियन्त्रण गरिने नीति तथा कार्यक्रम मार्फत घोषणा गरिएको छ । अध्यागमन सेवालाई थप व्यवस्थित बनाइने र कारागारको भौतिक सुधारलाई प्राथमिकता दिने राष्ट्रपति पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण