सैफ अली खान र करीनाको सम्बन्ध बिग्रिएको हो ?
नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करिना कपुरको सम्बन्धमा दरार आएको हल्ला चलिरहेको छ । सैफ अली खानले हातमा करिनाको नामको ट्याटु बनाएका थिए ।
सो ट्याटु हटेपछि यस्तो हल्ला चल्न थालेको हो । एयरपोर्टबाट सैफ अली खानको एक तस्बिर भाइरल भइरहेको छ । अभिनेताको यो तस्बिरले सैफ र करिना कपुरका फ्यानहरूको ध्यान खिचेको छ । सैफले आफ्नो हातबाट श्रीमती करीना कपुरको नामको ट्याटु हटाएका छन् । त्यसको ठाउँमा अर्कै ट्याटु छ ।
सामाजिक सञ्जालमा सैफ अली खानको भाइरल तस्बिरमा मानिसहरुले अनेकौं कमेन्ट लेखिरहेका छन् । एक प्रयोगकर्ताले ‘सबै ठीक छ ? ’ भनेर प्रश्न सोधेका छन् । अर्काले भने सैफ र करीनाबीच केही भएको हो भनेर सोधेका छन् । अर्का एक जनाले भने सैफले तेस्रो बिहे गर्न लागेको हुन् भनेर सोधेका छन् । एक यूजरले करीनासँग सम्बन्धबिच्छेद गर्न लागेका हुन् भन्दै प्रश्न गरेका छन् ।
सैफले ट्याटु बदलेको विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । करीना कपुरले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन् । मिडिया रिपोर्टका अनुसार सैफ अली खान अहिले एउटा फिल्मको सुटिङमा छन् । यही फिल्मका लागि उनले यो विशेष ट्याटु बनाएको हुन सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण