सैफ अली खान र करीनाको सम्बन्ध बिग्रिएको हो ?

नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करिना कपुरको सम्बन्धमा दरार आएको हल्ला चलिरहेको छ । सैफ अली खानले हातमा करिनाको नामको ट्याटु बनाएका थिए ।
सो ट्याटु हटेपछि यस्तो हल्ला चल्न थालेको हो । एयरपोर्टबाट सैफ अली खानको एक तस्बिर भाइरल भइरहेको छ । अभिनेताको यो तस्बिरले सैफ र करिना कपुरका फ्यानहरूको ध्यान खिचेको छ । सैफले आफ्नो हातबाट श्रीमती करीना कपुरको नामको ट्याटु हटाएका छन् । त्यसको ठाउँमा अर्कै ट्याटु छ ।
सामाजिक सञ्जालमा सैफ अली खानको भाइरल तस्बिरमा मानिसहरुले अनेकौं कमेन्ट लेखिरहेका छन् । एक प्रयोगकर्ताले ‘सबै ठीक छ ? ’ भनेर प्रश्न सोधेका छन् । अर्काले भने सैफ र करीनाबीच केही भएको हो भनेर सोधेका छन् । अर्का एक जनाले भने सैफले तेस्रो बिहे गर्न लागेको हुन् भनेर सोधेका छन् । एक यूजरले करीनासँग सम्बन्धबिच्छेद गर्न लागेका हुन् भन्दै प्रश्न गरेका छन् ।
सैफले ट्याटु बदलेको विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । करीना कपुरले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन् । मिडिया रिपोर्टका अनुसार सैफ अली खान अहिले एउटा फिल्मको सुटिङमा छन् । यही फिल्मका लागि उनले यो विशेष ट्याटु बनाएको हुन सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?