शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भक्तपुरको दधिकोटमा महिलामाथि एसिड आक्रमण, श्रीमान पक्राउ

आइतबार, २२ फागुन २०७८, २२ : २०
आइतबार, २२ फागुन २०७८

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ स्थित दधिकोटमा श्रीमानले श्रीमतीलाई एसिड प्रहार गरेका छन् । नाम नखुलेको केमिकल प्रहारबाट ६० वर्षीया महिला घाइते भएकी महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । 

घाइतेको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहार गर्ने ६५ वर्षीय पीडित महिलाका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीलाई नियन्त्रणमा लिइएको डिएसपी पाण्डेले बताए । साँझ पौने ७ बजेतिर पूजालाई एसिड प्रहार गरिएको थियो । एसिड आक्रमणबाट उनको टाउको र ढाडको भाग जलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप