शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीबारे माओवादीको निर्णयमा तीन नेताको नोट अफ डिसेन्ट

सोमबार, २३ फागुन २०७८, १३ : ०१
सोमबार, २३ फागुन २०७८

नेकपा माओवादी केन्द्रले गरेको एम्सीसीबारेको निर्णयमा तीन जना नेताहरुले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन् । नेताहरु देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महराले पार्टी कार्यालयमा निर्णयमाथि नोट अफ डिसेन्ट जनाएका छन् । 

सो नोट अफ डिसेन्टबारे अध्यक्ष प्रचण्डले सोमबारको केन्द्रीय समिति बैठकलाई जानकारी गराएका छन् । यस्तै नेता नारायणकाजी श्रेष्ठले पनि एमसीसीको विरोधमा आफ्नो मत बैठकमै राखेको भन्दै प्रचण्डले यसबारे केन्द्रीय समितिमा छलफल गरेर निष्कर्षमा लगिने बताए । 

‘पार्टी निर्णयको पक्षमा अध्यक्षले र त्यसको असहमतिसहित अर्को नेता कमरेडले विषय प्रस्तुत गरिसकेपछि व्यापक रुपमा केन्द्रीय समितिमा छलफल गर्ने र अन्तिममा एउटा निष्कर्ष निकाल्नुपर्ने हो’, प्रचण्डले सोमबारको बैठकको सुरुमै भने, ‘त्यतिमात्रै होइन अस्ति एमसीसीबारे हामी दुई जनाले कुरा राखिसकेपछि अन्य केही कमरेडहरुबाट पनि (देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महराले आफ्नो असहमति जनाएका राख्नु भएको छन् ।’
प्रचण्डले यसमा अन्य नेताहरुको पनि समान किसिमको असहमति रहेकाले यसबारे पार्टीमा छलफल गरेर सम्बोधन गरिने बताए । 

प्रतिनिधिसभाबाट एममीसी पास गर्न माओवादीले व्याख्यात्मक घोषणा स्वीकार गर्दा पार्टीभित्र असन्तुष्टि देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप