नारी दिवस : श्रमकै कारण आत्मसम्मान, तस्बिरहरु
एउटा भनाई निकै चर्चित छ । सबै महिला कामकाजी महिला हुन् तर केही थोरैले मात्रै तलब पाउँछन् । छोरीबाट बुहारी बनेपछि महिलामाथि कामको बोझ स्वतः थुप्रिन्छन् । एउटी बुहारीले श्रीमानका आमाबुवा, दाजुभाइ, दिदीबहिनीका सुखसुविधा र उनीहरूको भविष्यका लागि आफ्ना सारा ऊर्जाशील उमेर खर्चिन्छे । बदलामा न्याय, समानता, सम्मान र अपनत्वको अपेक्षा राखेका हुन्छन् । आफ्ना सन्तानका लागि एक महिलाले जस्तो सुकै दुःख पनि खुसीखुसी सहिदिन्छिन् ।
आफ्नो दक्षता के मा छ, आफूले जे जति गर्न सक्छन्, त्यसमा अघि बढेर घर धन्धा धानिरहेका हुन्छन् । मकै पोलेर, ठेलामा चट्पटे बेचेर, तरकारी बेचेरै भएपनि सन्तानले चाहेको कुरा किनिदिन पाए, त्यसैमा आत्मसन्तुष्टि मिल्छ धेरैलाई । यही कुरा महिलाको सबैभन्दा ठूलो शक्ति हो ।
आज महिलाले गर्न नसक्ने काम केही छैन । पुरुषसँगै काँधमा काँध मिलाएर श्रम गरिरहेका छन् । श्रमकै कारण आत्मसम्मानका साथ शिर उचो बनाइरहेका छन् । नारी दिवसका दिन मात्रै होइन, प्रत्येक दिन प्रत्येक नागरिकले आफ्ना जीवनमा स्नेह र ममताको वर्षा गराउने नारी पात्रप्रति कृतज्ञता, सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ । नारी समानताका लागि ऐक्यबद्धता जनाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण