आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एनआरएनए निर्वाचन : बद्री केसीले दर्ता गरे अध्यक्ष पदमा उम्मेदवारी

बुधबार, २५ फागुन २०७८, २१ : १०
बुधबार, २५ फागुन २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । उनले गैरआवासीय नेपाली संघको यही मार्च २१ र २२ मा हुने १० औं महाधिवेशनका लागि बुधवार उम्मेदवारी दर्ता गरेका हुन् ।

उनले गैरआवासीय नेपाली संघको स्थापना कालदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफू सिनियर भएकाले अध्यक्षमा उम्मेदवारी दिएको बताए । डा.केसीले संस्थागत शुद्धीकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा लगानी, विज्ञान प्रविधि, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाए ।

२००३ देखि एनआरएन अभियानमा होमिएका डा.केसी २००७ सम्म आइसिसी रुसको साधारण सदस्य रहेका थिए । त्यसपछि २००७ देखि ००९ सम्म आइसिसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी)प्रवेश गरे । २००९–२०११, २०११–२०१३ गरी दुई कार्यकाल आइसिसी सदस्य रहेका उनी २०१३ – २०१५ मा भने कोषाध्यक्ष चयन भए ।

त्यसपछि २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव र २०१९–२०२१ मा उपाध्यक्ष रहेका उनले अहिले अध्यक्षमा उम्मेदवारी दिएका हुन्  । बायो टेक्नोलोजीमा मस्कोबाट २००१ मा पीएचडी गरेका उनको रसिया र नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय र लगानी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप