मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा एमाले संसदीय दलको नेतामा भट्टराई, सचेतकमा दाहाल नियुक्त

बिहीबार, २६ फागुन २०७८, १५ : १३
बिहीबार, २६ फागुन २०७८

राष्ट्रियसभामा नेकपा एमालेको संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त भएका छन् । यस्तै प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त भएका छन् । नेकपा एमालेका प्रतिनिधिसभाका संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार उनीहरुलाई नियुक्त गरेका हुन् ।

यसअघि राष्ट्रियसभामा संसदीय दलका नेता सुमन प्याकुरेल ४ वर्षे समयावधी पूरा गरेर विदा भएपछि उनको ठाउँमा यसअघि प्रमुख सचेतक रहेका भट्टराईलाई संसदीय दलको नेता चयन गरिएको हो ।  प्रतिनिधिसभाको संसदीय दलको नेताले राष्ट्रियसभाको दलको नेता र सचेतक चुन्ने व्यवस्थाअनुसार चयन गरिएको सांसद दाहालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप