गीत ‘बादलहरु’को भिडियोमा कुलमानको संघर्षको कथा
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको संघर्ष बारेको कथा म्युजिक भिडियोमा समेटिएको छ । गायक राज के गोस्वामीको स्वर रहेको गीत ‘बादलहरु’को भिडियोमा उक्त विषय समेटिएको हो ।
कुलमान स्वयंको उपस्थितिमा बिहिबार साँझ भिडियो सार्वजनिक भयो । अभिनेत्री सुरक्षा पन्तको शब्द रहेको गीतमा मानव सुवेदीले संगीत भरेका छन् । भिडियोमा गायक गोस्वामी र सुरक्षा पन्तको अभिनय छ ।
कार्यक्रममा अभिनेता राजेश हमाल, गायकहरू राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवालगायतको सहभागिता थियो ।
गीतको भिडियोले गाउँमा बिजुली ल्याउन संघर्ष गर्ने एक इन्जिनियर र ऊसँग जोडिएका थप दुई पात्रको कथा प्रस्तुत गर्छ । कथामा गाउँमा बिजुली ल्याउन प्रयत्नरत इन्जिनियरको असामयिक निधनपछि गाउँकै घरेलु इन्जिनियरले उसको त्यो अपुरो काम पूरा गरेको देखाइएको छ । सुरक्षा पन्तकै पटकथा रहेको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका हुन् ।
कार्यक्रममा अभिनेता राजेश हमालले कला र समाजको बिषयमा धारणा राखेका थिए । कुलमान घिसिङले आफ्नै पेसालाई केन्द्रमा राखेर बनाएको भिडियो हेर्दा खुसी लागेको बताए । उनले भिडियोमा देखाए जस्तै आफूले बिजुलीको महत्व बुझाउन धेरै संघर्ष गर्नुपरेको स्मरण गरे । गीतको भिडियोमा सुशील सापकोटाले छायांकन र निर्देशक मानव स्वयंको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण