ऐतिहासिक क्षेत्रलाई जोड्न म्याराथन : मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऐतिहासिक दुई स्थललाई जोड्ने गरी व्यास नगरपालिकाले दूरदर्शिता कायम गरेको बताउनुभएको छ । व्यास नगरपालिका–५ मानुङकोटदेखि व्यास–८ पुलिमराङसम्मको ४४ किलोमिटरको नगरपालिकाद्धारा आज आयोजित अल्ट्रा म्याराथनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले मानुङकोटबाट शहीदग्राम पुलिमराङलाई खेलकुदका माध्यमबाट परिचित गराउन म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।
गण्डकी प्रदेश सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गरिनु सकारात्मक पक्ष भएको उनले बताए । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बर्सेनि म्याराथनलाई प्राथमिकता राखिँदै आइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । नगरपालिकाले खेलकुदकै लागि रु २२ लाख बजेट विनियोजन गरेको उनले बताए । नगरप्रमुख न्यौपानेले मानुङकोटमा पानीको चरम समस्या रहेकाले गण्डकी प्रदेश सरकारको सहयोगको अपेक्षा गरे ।
उपप्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठलगायतका वक्ताले व्यास नगरपालिकाले दीर्घकालीन सोचका साथ पर्यटन प्रवद्र्धन गर्न म्याराथनको आयोजना गरेको बताए । योसँगै पाँचौँ व्यासनगर अल्टा म्याराथन २०७८ आयोजना गरिएको हो । हरेक नयाँ वर्षको पछिल्लो अङ्कलाई पुरस्कारको राशिमा समेट्ने परम्परालाई कायम राख्दै यस वर्ष प्रथम पुरस्कार रु ८५ हजार ७८, द्वितीय रु ६५ हजार ७८, तृतीया रु ५५ हजार ७८ र सान्त्वना पुरस्कार पाँच जनालाई जनही रु १६ हजार ७८ का दरले प्रदान गरिने छ ।
म्याराथनको सम्पूर्ण धावन रुट यथावत कायम रहने गरी धावनमार्गमा विभिन्न आठ स्थानमा चेक प्वाइन्टको व्यवस्था गरिएको छ । म्याराथनमा १७३ जना धावकले सहभागिता जनाएको रेस डाइरेक्टर रमेशबहादुर भट्टचनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण