मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सेल्सबेरीले सम्पन्न गर्‍यो २ महिने ‘मेड इन नेपाल अभियान’

मङ्गलबार, ०१ चैत २०७८, १८ : १७
मङ्गलबार, ०१ चैत २०७८

सेल्सबेरी ग्रुपले आफ्ना डिपार्टमेन्ट स्टोरहरूमा माघ १ देखि फागुन ३० गतेसम्म चलाएको ‘मेड इन नेपाल अभियान’ सम्पन्न गरेको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै, विदेशी उत्पादन तथा बजारसँग नेपाली उत्पादनले प्रतिस्पर्धात्मक क्षमता राखोस्‌ भन्ने अभिप्रायले सेल्सबेरीले सो अभियान सञ्चालन गरेको थियो ।

अभियान समापन भए पनि नेपाली उत्पादनप्रतिको प्राथमिकता भने उत्तिकै रहने सेल्सबेरीले जनाएको छ । नेपालले पछिल्लो समयमा भोग्दै आएको १:१३ को व्यापार घाटा कम गर्ने दायित्व सबैको भएकाले यस्तो अवस्थामा स्वदेशी उत्पादन उपयोग तथा बिक्रीवितरण प्रभावकारी बनाउन सकिए व्यापार सन्तुलनमा केही टेवा पुग्ने पनि सो कम्पनीले उल्लेख गरेको छ । 

सोही उद्देश्यसाथ  सञ्चालित अभियानले २ महिना अवधिमा नेपाली उत्पादनलाई आम जनमानसमा परिचित गराउन र प्रयोग गर्न प्रेरित गर्नेका लागि विशेष छुट दिने र स्याम्पलहरू नि:शुल्क वितरण गर्ने जस्ता क्रियाकलापहरू सम्पन्न गरेको हो । यो अभियानबाट नेपाली उत्पादक तथा उपभोक्ताहरूमा सकारात्मक सन्देश प्रवाह भएको महसुस गरेको सेल्सबेरीले जनाएको छ । स्टोरहरूले अभियान अवधिमा साविकभन्दा दोब्बर परिमाणमा नेपाली उत्पादनको बिक्रीवितरण भएको जानकारी दिएका छन्‌ ।

पोखराको चिप्लेढुङ्गामा सेल्सवेज नामक स्टोर खोलेर सन् १९९३ देखि यो कम्पनीले सामान बिक्रीवितरण थालेको थियो । व्यवसाय विस्तार क्रममा सन् २०१४ मा सेल्सबेरी नामबाट कारोबार थालेको सेल्सबेरीले हाल देशका विभिन्न स्थानमा सेल्सबेरीका ३० शाखा विस्तार गरिसकेको छ । आगामी पाँच वर्षभित्र देशभर १०० स्टोर पुर्‍याउने र कम्तिमा ३ हजार नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारी दिने सेल्सबेरीले लक्ष्य राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप