शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा व्यक्तिगत ठगीका घटना बढे

बुधबार, ०६ मङ्सिर २०७४, १७ : २४
बुधबार, ०६ मङ्सिर २०७४

काठमाडौं– वैदेशिक रोजगारीको लागि  संस्थागत भन्दा व्यक्तिगत ठगीमा वृद्धि आएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले दैनिक १० भन्दा बढि ठगीको उजुरी पर्ने गरेको जनाएको छ ।

विभागमा पीडितले दिएका अधिकांश ठगीका उजुरी व्यक्तिगत ठगी पर्ने गरेको विभागको तथ्यांकले देखाउँछ । वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारीले पछिल्लो आर्थिक वर्षमा  व्यक्तिगत ठगीका उजुरी बढि आउने गरेको वताए ।

विकसित देशमा आर्कषक कमाइको आश्वासन देखाएर चिनजानको व्यक्तिले ठग्ने प्रवृत्ति बढेको अधिकारी जानकारी गराए । दुबई, युरोप र अमेरिका लगागतका मुलुकमा पठाइदिने भन्दै दलालले आफन्तहरुलाई नै ठगी गरि फरार हुनेको संख्या बढेको उनले ठम्याई छ ।

युवाहरुले चिनेको व्यक्तिसँग पैसा फसाउने गरेको बताउदै अधिकारीले भने ‘दलाल सम्पर्कविहीन भएपछि उजुरी गर्न आउनेहरु छन् ।’
‘४÷५ लाख रुपैयाँ चिन्दै नचिनेकोलाई बुझाउँदैनन्, तर पैसा खाएर फरार भएपछि विभागमा धाउने गर्छन’ अधिकारीले भने ।

वैदेशिक रोजगारीका क्रममा गन्तव्यमुलक पुगिसकेपछि आफु ठगीएको भन्दै उजुरी गर्नेको संख्या पनि उल्लेख्य रहेको  विभागले जानकारी गराएको छ । विभागले  सम्झौता मुताविकको काम तथा तलब नपाएको उजुरी पश्चात पीडितलाई क्षतिपुर्ति उपलब्ध गराउन आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएको छ  ।
ठगीएको जानकारी भएपछि के गर्नुपर्छ ?

नेपालमा कुनै दलाललाई पैसा वुझाएर भनेको मुलुक जान सकिएन भने वैदेशिक रोजगार विभागमा उजुरी दिनुपर्छ ।

पीडितले उजुरी दर्ता गर्नका लागि मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) ले निशुल्क रुपमा कागजी सहयोग गर्नेछ ।

पीडितहरुको लागि वैदेशिक रोजगारको गेट नजिक रहेका लेखापढी व्यवसायीले भने दुई हजारसम्म उजुरी कागजातका लागि लिने गरेका छन् ।

पिपुल फोरमका  कानुन व्यवसायीले पीडितका पक्षमा मुद्धाको पक्षमा वकालत पनि गरिदिने व्यवस्था छ । नेपाल सरकार ,हेल्भटास तथा सुरक्षित आप्रवासन परियोजना(सामी) को समन्वयमा संचालित संस्थाले ठगीएका कामदारको पक्षमा वकालत गरिदिनेछन् ।

वैदेशिक रोजगार न्यायधिकरणमा मुद्धा दर्ता र सर्वोच्च अदालतमा पनि निशुल्क पीडितका पक्षमा पैरवी गर्ने कानुन व्यवसायी कृष्ण प्रसाद न्यौपाने जानकारी गराए । न्यौपानेले विदेश पठाइदिन्छु भन्दै ठगी गर्नेहरुको संख्या बढेको वताए ।

७५ प्रतिशत उजुरीहरु नेपालमै प्रत्यक्ष रकम ठगी गर्नेहरुको भएको उनले वताए ।

ठगीको प्रकृति प्रत्यक्ष र अप्रत्यक्ष हुने गरेको छ । प्रत्यक्ष रकम लिएर फरार हुनेहरुको लागि विभागले उजुरी प्राप्त गरेर सम्वन्धित व्यक्तिलाई पक्राउ पुर्जी जारी गर्ने गरेको  अधिकारीले बताए ।

विभागले  वैदेशिक रोजगार न्यायधिकरणमा मुद्धा दर्ता गर्नुको साथै पिडकलाई अदालतमा उभ्याएर वयान लिने गर्दछ  ।

अप्रत्यक्ष ठगीमा  विदेशमा पठाउने  तर सेवा सुविधा सम्झौता अनुसारको नभएमा  म्यानपावर कम्पनीलाई कानुनी प्रक्रियाबाट कारवाही शुरु गरिन्छ । सम्झौता  मुताविकको तलव दिने व्यवस्था गर्ने वा कामदारलाई फिर्ता बोलाई म्यानपावरले क्षतिपुर्ति दिनुपर्दछ  ।

प्रमाण पुगेको हकमा कानुन अनुसार कारवाही छिटो हुने बताउँदै अधिकारीले  प्रमाण नपुगेको अवस्थामा क्षतिपुर्ति भराउन अप्ठ्यारो र ढिलो हुने वताए ।
विभागमा वार्षिक झण्डै २४०० उजुरी पर्ने गरेको छ । वार्षिक  रुपमा ६० प्रतिशत उजुरीकर्ताहरुले न्याय पाएका छन् । केहि अदालतमा मुद्धा दर्ता भएर फैसला नभएको पनि छन् ।

२० देखि २५ प्रतिशत उजुरीको प्रमाण नपुगेको तथा उजुरीकर्ताले फ्लो अप नगरेको अवस्था रहेको विभागले जनाएको छ  । ठगेको रकम खुलेको अवस्थामा ऐन अनुसार १५० प्रतिशत क्षतिपुर्ति प्राप्त गर्ने कानुनी व्यवस्था छ ।

संस्थागत ठगीका घटना पछिल्लो समय  साउदी अरवमा बढि हुने गरेको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप