शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अमर्यादित तरिकाले होली खेलेको आरोपमा काठमाडौंबाट ४२ जना पक्राउ

बिहीबार, ०३ चैत २०७८, १७ : ३७
बिहीबार, ०३ चैत २०७८

उच्छृङ्खल तरिकाले होली खेलेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट ४२ जनालाई पक्राउ गरेको छ । होली खेल्ने नाममा अमर्यादित गतिविधि गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता (एसपी) सन्तोषसिंह राठौरले रातोपाटीलाई बताए ।

प्रहरीले काँडाघारीबाट १३ जना, सोह्रखुट्टे एरियाबाट ३ जना, न्युरोडबाट १६ जना, दरबारमार्गबाट १ जना र महाराजगन्जबाट ८ जनालाई पक्राउ गरेको छ । स्वयम्भूबाट १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जबर्जस्ती लोला हान्ने, रंग दल्ने र विपरित लिंगीलाई दुव्र्यवहार गर्नेहरु छन् । उनिहरुलाई कसुर अनुसार कारवाही गरिने एसपी राठौरले बताए ।

तिव्र गतिमा चलाइएका, मापसे गरेर चलाएका र कागजात नभएका सवारी साधनलाई ट्राफिक प्रहरीले बिहीबार बिहानैदेखि नियन्त्रणमा लिएर ‘होल्ड’ गरेका छ । साँझसम्म ४ सय ९९ सवारी साधन होल्ड गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीले ४७२ वटा दुई पाङ्ग्रे सवारी होल्ड गरेको छ । चारपाङ्ग्रे सवारी २६ वटा होल्ड गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप