पाकिस्तानले नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा निरन्तर सहयोग गर्ने
नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले नेपाली विद्यार्थीलाई शैक्षिक छात्रवृत्तिमा पाकिस्तानले निरन्तर सहयोग जारी राख्ने बताएका छन् । पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक गरेका नेपाली विद्यार्थीलाई सम्मान गर्न काठमाडौंमा आयोजित कार्यक्रममा राजदूत साहले नेपाली विद्यार्थीलाई पाकिस्तानले दिने शैक्षिक छात्रवृत्तिले नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्धलाई झल्काउने बताए ।
नेपाली विद्यार्थीले पाकिस्तानमा रहँदा जीवनभरका साथी बनाएका र जीवनभर सकारात्मक सम्झना बोकेर बसेको बताउँदै उनले शैक्षिक छात्रवृत्ति निरन्तर गरिने बताए ।
नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालको विकास र प्राविधिक शिक्षाको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगको प्रशंसा गरे । क्षेत्रीले नेपाली विद्यार्थीहरूलाई आफ्ना प्रख्यात शैक्षिक संस्थाहरूमा गुणस्तरीय शिक्षा प्रदान गरेकोमा पाकिस्तानलाई धन्यवाद दिए ।
स्नातक विद्यार्थीले पाकिस्तान प्राविधिक सहायता कार्यक्रम अन्तर्गत एमबीबीएस, बीडीएस, डी फार्मेसी, बीएस इन्जिनियरिङ लगायतका विषयमा छात्रवृत्ति प्राप्त गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब श्रमिक उडाउँदैमा जिम्मेवारी नसकिने, म्यानपावरले अनिवार्य अनुगमन गर्नैपर्ने
-
महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
-
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण