एमसीसीबारे बुझाएर काँग्रेसको पक्षमा भोट माग्नुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीबारे सत्यतथ्य बुझाएर काँग्रेसले जनतासँग भोट माग्नुपर्ने बताएका छन् । काँग्रेस तनहुँ क्षेत्र नं १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा नेता पौडेलले एमसीसी पास गर्ने काँग्रेस हो भनेर जनतामाझ जानुपर्ने र काँग्रेसलाई जिताउन भोट माग्नुपर्ने उल्लेख गरे ।
एमसीसी नेपालको विकासका निम्ति आवश्यक रहेको चर्चा गर्दै उनले भने, “काँग्रेसले एमसीसी पास ग¥यो, त्यही कारण काँग्रेसलाई भोट देउ भनेर जनतामाझ जानुपर्छ ।” एमसीसी परियोजनामार्फत उत्पादन हुने बिजुली बेचेर नेपाललाई धनी बनाउन सकिने उनको भनाइ थियो ।
नेपालको गरिबी अन्त्यका लागि एमसीसी परियोजना सफल हुने उल्लेख गर्दै नेता पौडेलले एमसीसीको विरोध गर्नेहरु राष्ट्रघाती भएको आरोप लगाए । “देश विकास गर्ने पार्टी काँग्रेस हो, देशलाई काँग्रेसले मात्रै बलियो बनाउँछ,” पौडेलले भने, “देशको भविष्य सोचेर काँग्रेसले दूरदर्शी निर्णय गरेको छ । यही कुरा जनतालाई बुझाउनुपर्छ ।”
काँग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल, जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापति विषेश्वर खनाललगायतले स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संसदीय अभ्यासलाई पारदर्शी र जनमुखी बनाउन प्रेस जगतको खबरदारी आवश्यक छ : अध्यक्ष दाहाल
-
'एकता महाधिवेशन'मा हाम्रो संलग्नता छैन : बद्री केसी पक्ष
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
एमालेले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?