कोलकाता नाइट राइडर्सका विदेशी खेलाडी प्रशिक्षकको व्यवहारबाट रुष्ट
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को साविक विजेता हो, कोलकाता नाइट राइडर्स । अघिल्लो संस्करणको फाइनलमा कोलकाताले सनराइजर्स हैदराबादलाई आठ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो ।
तर, जारी सिजनको आईपीएलमा साविक विजेता कोलकाताको अवस्था सन्तोषजक छैन । कोलकाताले यो सिजन प्ले–अफ चरणमा पुग्नसमेत निकै ठुलो संघर्ष गर्नुपर्ने अवस्था छ । हालसम्म १० खेल खेलेको कोलकाताले पाँच खेलमा पराजयको स्वाद चाखिसकेको छ ।
कोलकाताले हालसम्म चार खेलमात्र जित्न सकेको छ । त्यसमाथि आफ्नो एक खेल वर्षाका कारण अनिर्णित रुपमा सकिएपछि कोलकाता थप दबाबमा परेको छ । कोलकाता नौ अंकसहित तालिकाको सातौँ स्थानमा आसिन छ ।
त्यसैले प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न कोलकातासँग बाँकी चारवटै खेलमा जितको विकल्प रहने छैन । यो सिजन निकै आशा गरिएका कोलकाताका खेलाडीहरुले पनि टोलीका लागि गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् ।
टोलीका प्रमुख प्रशिक्षक चन्द्रकान्त पण्डित र विदेशी खेलाडीबिचको सम्बन्ध सौहार्दपूर्ण नरहेकाले पनि यस्तो स्थिति सृजना भएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् । समाचारमा जनाइए अनुसार, कोलकाताका विदेशी खेलाडीहरु प्रमुख प्रशिक्षकको व्यवहारबाट रुष्ट बनेका छन् ।
समाचारमा जनाइए अनुसार, प्रमुख प्रशिक्षक चन्द्रकान्त आफ्ना खेलाडीहरु विपक्षी टोलीका खेलाडीसँग नजिकिएको खासै रुचाउँदैनन् । त्यसैले उनले आफ्ना खेलाडीलाई विपक्षी टोलीका खेलाडीसँग मेलजोल नगर्न कडा निर्देशन दिएका छन् ।
प्रशिक्षक चन्द्रकान्त आफ्ना खेलाडीले विपक्षी टोलीका खेलाडीहरुसँग सँगै खानपिन गरेको पनि रुचाउँदैनन् । उनले आफ्नो टोलीका विदेशी खेलाडीलाई पनि यसका लागि कडा निर्देशन जारी गरेका छन् । तर, विदेशी खेलाडीहरुले भने यस्तो निर्देशनलाई लिएर प्रशिक्षक चन्द्रकान्तसँग तिखो बहस गर्ने गरेका छन् । विदेशी खेलाडी र प्रशिक्षकबिच पटक–पटक बहस भइसकेको दाबी पनि समाचारमा गरिएको छ ।
कोलकाताका एक विदेशी खेलाडीले केही दिनअघि आफ्नै राष्ट्रका अर्का खेलाडीसँग सँगै खानपिन गरेका थिए । ती विदेशी खेलाडीका साथी भने अर्कै टोलीबाट आईपीएल खेलिरहेका छन् । त्यो जानकारी पाएपछि प्रशिक्षक चन्द्रकान्त आफ्ना खेलाडीसँग जंगिएका थिए ।
त्यसपछि प्रशिक्षक र ति विदेशी खेलाडीबिच चर्को बहस भएको जनाइएको छ । समाचारमा जनाइए अनुसार, टोलीका अन्य विदेशी खेलाडीले पनि प्रशिक्षकको ब्यवहारको आलोचना गरेका थिए । कोलकाता नाइट राइडर्समा आन्द्रे रसेल, सुनिल नारिन, रोभमन पोवेल, रहमानुल्लाह गुरबाज, मोइन अली, क्विन्टन डी काकलगायतका विदेशी खेलाडी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026