मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

ओलीले जनताको भावना बुझ्न सकेनन् : मन्त्री बडू

बुधबार, ०९ चैत २०७८, १३ : २८
बुधबार, ०९ चैत २०७८

कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्रप्रसाद बडुले नेकपा एमाले सरकार संविधानभन्दा बाहिर गएर सञ्चालन गर्दा समय अगाडि नै बाहिरिनुपरेको बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १६ औं वार्षिक साधारणसभा तथा सामूदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनलाई आज नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडुले पूर्व प्रधानमन्त्री ओली सरकार चलाउन असफल भएको बताए ।

देशको प्रधानमन्त्री हुँदा जनताको भावना बुझ्न नसकेको, देश र जनता भन्दा बाहिर गएर सरकार चलाउन खोजेकाले बाहिरिनुपरेको बताए । मन्त्री बडुले अहिलेको सरकार विशेष परिस्थितिमा विशेष दायित्वका साथ बनेको भन्दै खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी भएको बताए । संविधानको ब्यवस्था र मर्मविपरीत जान खोज्ने सबैको ओली नेतृत्वको सरकारको जस्तै अवस्था हुने मन्त्री बडुले बताए ।

कार्यक्रममा बोल्दै मन्त्री बडुले संविधान रक्षा र संवैधानिक सर्वोच्चताको लागि रेडियो प्रशारणको लक्ष्य बन्नुपर्ने बताए । रेडियो प्रशारणले सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वका पक्षमा निरन्तर पैरवी गरिरहनुपर्ने बताए ।

२०६२÷६३ को जनआन्दोलनपछि रेडियो अभियानले नयाँ गति लिएको भन्दै मन्त्री बडुले सरकार सामुदायिक रेडियोहरुको विकासका लागि सधैँ सकारात्मक र प्रतिबद्ध रहेको पनि बताए । उनले रेडियोहरुको नवीकरण शुल्क छुट, रोयल्टीमा ५० प्रतिशत छुट, विद्युत महसुलमा छुट लगायतको सहुलियत दिएर पनि सहयोग गरिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप