डेरी एसोसिएशन लुम्बिनीको अध्यक्षमा न्यौपाने
नेपाल डेरी एशोसिएशन लुम्बिनी प्रदेशको अध्यक्षमा धानेश्वर न्यौपाने निर्वाचित भएका छन् । आज सम्पन्न एशोसिएशनको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनबाट अध्यक्षमा न्यौपाने निर्वाचित भएका हुन् ।
यस्तै, एशोसिएशनको उपाध्यक्षमा घननाथ पौडेल, सचिवमा बिजय सापकोटा, सह-सचिवमा कमल भुषाल र कोषाध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित भएका छन् । यस्तै, सदस्यमा कृष्ण बस्याल, रबिराज पन्त, नबराज सापकोटा, पवन भट्टराई, सावित्री भुषाल, प्रकाश देवकोटा, मान बहादुर बुढाथोकी र मिना कँडेल निर्वाचित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि डा। राजेन्द्र प्रसाद यादवले एसोसिएसन देश भरि छरिएर रहेका डेरी व्यवसायीहरुको राष्ट्रिय संगठन भएको बताए । राष्ट्रिय दुग्ध विकास बोर्ड र नेपाल डेरी एसोसिएसन हरेक कुरामा सहकार्य गर्ने गरेको डा. यादवको भनाइ छ ।
कार्यक्रममा उत्कृष्ट कृषक सम्मान उमादेवी पशु विकास फर्मका संचालक यज्ञमुर्ति खनाल, व्यवसायी मध्येबाट सुजल डेरी कपिलवस्तुका संचालक सावित्री भुषाललाई सम्मान गरिएको थियो । कार्यक्रममा निर्वाचित सबै पदाधिकारीहरु एवं सदस्यहरुलाई प्रमाणपत्र वितरणसहित सपथ ग्रहण केन्द्रिय महासचिव प्रल्हाद दाहालले गए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण