दमौलीका महिलाहरुले बोके बृद्धको शव
शुक्रबार, ०८ मङ्सिर २०७४, ११ : ३६
तनहुँ । सदरमुकाम दमौली बजार नजिकै रहेको व्यास नगरपालिका वडा नम्बर ५ चापाघाट स्थित वेदव्यास जेष्ठ नागरिक आश्रमका महिलाहरुले बृद्धाआश्रममा निधन भएका एक बृद्धको शव काँधमा बोकेर घाटमा लगेका छन् ।
बृद्धाआश्रममा बस्दै आएका बृद्ध मिनबहादुर सार्कीको गएराती निधन भएपछि आश्रमकै महिलाहरुले शव बोकेका हुन् । आश्रममा आबद्ध महिलाहरुले शुक्रबार बिहान सार्कीको शव बोकेर अन्त्येष्टिका लागि दमौली घाट लगेका थिए ।
आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले समाजमा परिवर्तनको सन्देश दिनका लागि शव महिलाहरुले नै बोकेर घाटमा लगेको बताइन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिनमा हट्यो संसद् अवरोध , विपक्षीले फेरे विरोधका कार्यक्रम
-
अबदेखि विपन्न नागरिकलाई १० प्रतिशत शैया र सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउनुपर्ने
-
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने
-
कर्मचारी ट्रेड युनियन खारेज गर्नेसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
-
‘सर्वोच्चको आदेश पालना गर, उद्योगीलाई त्रसित नबनाऊ’ : उद्योग सङ्घ मकवानपुर
-
पहिराले कर्णाली करिडोर अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण