शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दमौलीका महिलाहरुले बोके बृद्धको शव

शुक्रबार, ०८ मङ्सिर २०७४, ११ : ३६
शुक्रबार, ०८ मङ्सिर २०७४

तनहुँ । सदरमुकाम दमौली बजार नजिकै रहेको व्यास नगरपालिका वडा नम्बर ५ चापाघाट स्थित वेदव्यास जेष्ठ नागरिक आश्रमका महिलाहरुले बृद्धाआश्रममा निधन भएका एक बृद्धको शव काँधमा बोकेर घाटमा लगेका छन् ।

बृद्धाआश्रममा बस्दै आएका बृद्ध मिनबहादुर सार्कीको गएराती निधन भएपछि आश्रमकै महिलाहरुले शव बोकेका हुन् । आश्रममा आबद्ध महिलाहरुले शुक्रबार बिहान सार्कीको शव बोकेर अन्त्येष्टिका लागि दमौली घाट लगेका थिए । 

आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले समाजमा परिवर्तनको सन्देश दिनका लागि शव महिलाहरुले नै बोकेर घाटमा लगेको बताइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप