मधेस प्रदेश मन्त्रिपरिषद बैठकको निर्णय : ठोरीलाई पर्यटकीय क्षेत्र बनाउन प्रदेश सरकारले १० करोड दिने
मधेस प्रदेश सरकारले ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउन १० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । शुक्रबार ठोरीमै मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
प्रदेश मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री राउतका अतिरिक्त भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादव, उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्र साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह, खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्रप्रसाद सिंह र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोदकुमार यादव सहभागी थिए ।
ठोरी गाउँपालिका मधेस प्रदेशकै पिछडिएको क्षेत्र मानिन्छ । यद्यपि यो पर्यटकीय गन्तव्यका लागि प्रशस्त सम्भावना बोकेको पालिका हो । ठोरीलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले नै प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक यहाँ आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण