सन्दीपको नयाँ कीर्तिमान
शनिबार, १२ चैत २०७८, १४ : ३७
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रियमा कम इनिङ्समा ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो खेलाडी बनेका छन् । त्रिवि क्रिकेट मेदानमा पपुवा न्युगिनी (पीएनजीं)विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा एक विकेट लिँदै उनले नयाँ कीर्तिमान बनाएका हुन् ।
उनले २२ खेलमा ५० विकेट पूरा गरे । उनले १३ औं ओभरको पहिलो बलमा पीएनजीका कार्लेस आमिनीलाई एलबीडब्लू आउट गराएका थिए । सन्दीप एकदिवसीय क्रिकेटमा ५० विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी बनेका छन् ।
एकदिवसीयमा कम इनिङ्समा ५० विकेट लिने रेकर्ड भने श्रीलंकाका अजन्था मेन्डिसले बनाएका छन् । उनले १९ खेलमा ५० विकेट लिएका थिए । त्यस्तै भारतका अजित अग्राकर २३ खेलमा ५० विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण