‘ठगराज’को गीतमा दीपा र प्रताप दासको स्वर
लक्ष्मण सुवेदीको निर्देशन रहने फिल्म ‘ठगराज’ निर्माण सुरु भएको छ । आइतबार काठमाडाैंको एवान स्टुडियोमा फिल्मको गीत ‘माया बसेको रैछ’ रेकर्डिङ गर्दै निर्माण युनिटले फिल्मको काम अगाडि बढाएको हो ।
निर्देशक सुवेदीकै शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन्, भने प्रताप दास र दीपा लामाले स्वर दिएकी छन् । गीतको एरेन्ज शिवराम रसाइलीले गरेका हुन् ।
रंग पत्रकारबाट फिल्म निर्देशनमा फड्को मारेका सुवेदीको ‘ठगराज’ गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रियसनले प्रस्तुत गर्न लागेका हुन् ।
सामाजिक कथामा कमेडी, प्रेम र सेन्टिमेन्ट बिषय समेत मिसाइएको फिल्म जेठबाट छायांकनका लागि फ्लोरमा निस्कने तयारीमा छ । फिल्म ‘एउटा साथी’ बाट निर्देशनमा डेब्यु गरेका सुवेदीले त्यसपछि ‘लाल जोडी’ बनाएका थिए । फिल्मको कलाकार र प्राविधिक पक्ष छिट्टै सार्वजनिक गर्ने निर्देशक सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण