मधेश प्रदेश : प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित
सोमबार, १४ चैत २०७८, १६ : ४१
मधेश प्रदेश सभामा ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित भएको छ । सोमबार बसेको प्रदेशसभाको आठौं अधिवेशनको १३ औँ बैठकले उक्त विधेयक सर्वसम्मतबाट पारित गरेको हो । यसअघि प्रदेश सरकारका अर्थमन्त्री विजयकुमार यादवले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनि प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।
नेपालको संविधानको धारा १९७ बमोजिम उक्त ऐन बनाइएको जनाइएको छ । प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएपछि मधेस प्रदेशमा पारित हुने विधेयकको संख्या ४४ पुगेको छ । प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले रूलिङ गरेपछि बैठकमा मन्त्रीहरुले सदनमा उठेको प्रश्नको जवाफ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण