पानी होइन, ढल बग्ने काठमाडौँ उपत्यकाका भित्रका खोला (फोटोफिचर)
सुख्खा याममा काठमाडौँ उपत्यकाका भित्रका धार्मिक–पौराणिक महत्व बोकेका बागमती, रुद्रमती, विष्णुमतीलगायत टुकुचा खोलाहरुमा पानी बगेको खासै देख्न पाइन्नँ । यहाँ पानी होइन फोहोर र ढल पानी मात्रै बगेको देखिन्छ ।
खोलामा ढलका साथै प्लाष्टिक जन्य सामानका खाली खोल, सडेगलेको वस्तुहरु अनि मरेर फालिएका चौपाया जनावरहरू नदीमा फालिएका छन् । जसले गर्दा उपत्यकाको बढ्दो जनघनत्वका कारण दिनहुँ हरेक क्षेत्रमा फोहोरको चाप बढदै छ । पानीको हाहाकार पैदा भएको छ । मानिसका लागि जसो तसो पानीको जोहो भइरहेता पनि उपत्यकाका भित्र बहने नदीमा बस्ने जीव, जनावर र पशुपंक्षीका लागि भने खोला वा नदीको पानी खान सक्ने अवस्था छैन ।
यसले दयनीय र विकराल रुप देखिँदै गएको देखिन्छ । यहि खोलाहरुलाई संरक्षण गर्न सकेको खण्डमा पानीले मानिस, पर्यावरण तथा जीव जन्तुका सबैका लागि जीवन दान दिने थियो र भोलिका सन्ततिलाई एउटा उज्यालो मार्गदर्शन मिल्ने थियो । तर त्यो तत्कालका लागि सम्भव देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण