शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

बिहीबार, १७ चैत २०७८, १० : ३५
बिहीबार, १७ चैत २०७८

गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । बर्दियामा बन्धुप्रसाद बास्तोला, प्युठानमा सुनिता नेपाल र अर्घाखाँचीमा  शशिधर घिमिरेलाई प्रजिअको जिम्मेवारी दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए ।

कपिलवस्तुमा धर्मेन्द्रकुमार मिश्रलाई प्रजिअको जिम्मेवारी दिइएको छ । बर्दियामा कार्यरत सन्तबहादुर सुनारलाई कसुरजन्य सम्पति व्यवस्थापन विभागमा सरुवा गरिएको छ । कपिलवस्तुमा कार्यरत चक्रपाणि पाण्डे र प्युठानमा कार्यरत खिमराज भुसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । अर्घाखाँचीमा हरि प्रसाद घिमिरे कार्यरत थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप