मधेश प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण
मधेश प्रदेशका प्रमुख हरिवंश मिश्रले जाँचबुझ आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेशसभाको बैठकबाट पारित ‘जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ प्रदेश प्रमुख मिश्रले प्रमाणीकरण गरेका हुन् ।
उनले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
पोखरीमा डुबेर वृद्धको मृत्यु
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बिहार कुण्डमा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका– ६ का ८० वर्षीय रघुवंश यादव रहेको छ ।
केही दिनदेखि जनकपुरधामस्थित छोरीको घरमा बस्दै आउनुभएका यादव आज बिहान पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण