एआईजीमा बढुवाविरुद्ध दुई डीआईजी सर्वोच्चमा
एआईजीमा तीन जना डीआईजीहरू बढुवा भएपछि त्यसविरुद्ध दुई जना डीआईजीहरू सर्वोच्च अदालत पुगेका छन् । डीआईजीहरू घनश्याम अर्याल र प्रकाशजंग कार्की रिट निवेदन बोकेर बिहीबार सर्वोच्च अदालत पुगेका हुन् । यद्यपि रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
मन्त्रिपरिषद्को बिहीबार नै बसेको बैठकले धीरजप्रताप सिंह, वसन्त पन्त र रबिन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
यसअघि बढुवा सिफारिस विरुद्ध ३ जना डीआईजीहरूले उजुरी गरेका थिए । तर, लोकसेवा आयोगको बढुवा उपरको उजुरी सुन्ने समितिले बढुवा सिफारिस सदर गरेको थियो । बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै प्रतिस्पर्धी डीआइजीहरु अर्याल, ईश्वरबावु कार्कीसँगै प्रकाशजंग कार्कीले पनि लोकसेवा आयोगमा उजुरी गरेका थिए ।
बढुवा विरुद्ध उजुरी गर्ने डीआइजीहरु प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । उनीहरु आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् । चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले तीन जनालाई एआईजीमा बढुवा सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण