एआईजीमा बढुवाविरुद्ध दुई डीआईजी सर्वोच्चमा
एआईजीमा तीन जना डीआईजीहरू बढुवा भएपछि त्यसविरुद्ध दुई जना डीआईजीहरू सर्वोच्च अदालत पुगेका छन् । डीआईजीहरू घनश्याम अर्याल र प्रकाशजंग कार्की रिट निवेदन बोकेर बिहीबार सर्वोच्च अदालत पुगेका हुन् । यद्यपि रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
मन्त्रिपरिषद्को बिहीबार नै बसेको बैठकले धीरजप्रताप सिंह, वसन्त पन्त र रबिन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
यसअघि बढुवा सिफारिस विरुद्ध ३ जना डीआईजीहरूले उजुरी गरेका थिए । तर, लोकसेवा आयोगको बढुवा उपरको उजुरी सुन्ने समितिले बढुवा सिफारिस सदर गरेको थियो । बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै प्रतिस्पर्धी डीआइजीहरु अर्याल, ईश्वरबावु कार्कीसँगै प्रकाशजंग कार्कीले पनि लोकसेवा आयोगमा उजुरी गरेका थिए ।
बढुवा विरुद्ध उजुरी गर्ने डीआइजीहरु प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । उनीहरु आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् । चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले तीन जनालाई एआईजीमा बढुवा सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया