प्रधानमन्त्री घोडे जात्रामा सहभागी नहुने
शुक्रबार, १८ चैत २०७८, ११ : ०२
प्रधानमन्त्री शेरबहादुर देउवा घोडे जात्रामा सहभागी नहुने भएका छन् । अघिल्ला वर्षहरूमा जात्रामा प्रधानमन्त्रीको सहभागिता अनिवार्य सहभागी हुन्थ्यो । तर, प्रधानमन्त्री देउवा शुक्रबार नै भारतको राजकीय भ्रमणमा जाने भएपछि उनी घोडे जात्रामा भने सहभागी नहुने भएका हुन् ।
‘प्रधानमन्त्रीज्यू आजै भारत भ्रमणमा जानु हुने भएकोले उहाँ सहभागी हुन सक्ने अवस्था भएन । अघिल्ला वर्षहरूमा प्रधानमन्त्री जात्रामा आउनुहुन्थ्यो’, सैनिक प्रवक्ता नारायण सिलवालले भने ।
सैनिक मञ्ज टुँडिखेलमा सेनाले आज दिउँसो २ बजे घोडे जात्राको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै छ । तर, प्रधानमन्त्री देउवा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा २ः ४५ बजे अवतरण गर्ने समय तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीमाथि ऐतिहासिक जितपछि पराग्वेका राष्ट्रपतिद्वारा सार्वजनिक बिदा घोषणा
-
भारतीय सुरक्षाकर्मीबाट पाएको दुःख सुनाउन काठमाडौं आइपुगे सुस्तावासी (तस्बिरहरु)
-
सडकपेटी आश्रित दृष्टिविहीन नागरिक ९ दिनदेखि प्रदर्शनमा (तस्बिरहरू)
-
अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता अझै सुरु नभएको इरानको दाबी
-
विद्युत् सेवा नियमित गर्न जेनजी युवाको माग
-
स्ट्रेट अफ होर्मुजमा शुल्क उठाउने प्रस्ताव ओमानले गर्यो अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण