आर्यन खानको ड्रग्स मामिलाका साक्षीको अचानक मृत्यु, अनुसन्धानको आदेश
आर्यन खान ड्रग्स मामिलामा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) का स्वतन्त्र साक्षी प्रभाकर साइलको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । प्रहरीले यसबारे जानकारी दिएको हो । महाराष्ट्रका गृहमन्त्री दिलिप वालसे पाटिलले साइलको मृत्युलाई संदिग्ध बताउँदै डिजिपी रजनीश सेठलाई यसबारे अनुसन्धान गर्न आदेश दिएका छन् ।
प्रहरीले यसअघि ३७ वर्षका प्रभाकर साइलको शुक्रबार आफ्नो घर माहुल (मुम्बई) मा हृदयघाटका कारण मृत्यु भएको बताएको थियो । त्यसपछि उनलाई अस्पताल पुर्याइएको थियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरेको थियो । यद्यपि, प्रहरीले यो मामिलामा अनुसन्धान भने सुरु गरेको छ ।
समाचार एजेन्सी पिटिआईका एक वरिष्ठ प्रहरी अधिकारीले प्रभाकर साइल पछिल्लो केही दिनदेखि माहुलमा भाडाको घरमा बसिरहेको बताए । उनी यहाँ किन सरे भन्नेबारे पत्ता लाग्न सकेको छैन ।
प्रभाकर साइलका वकिल तुषार खंडारेले साइलको मृत्यु हृदयघातका कारण भएको पुष्टि गरेका छन् । प्रभाकर साइलका परिवारलाई यसमा कसैको षड्यन्त्र भएको आशंका छैन ।
प्रभाकर साइलले एनसीबीका साक्षी केपी गोसावीका बडीगार्ड भएको दाबी गरेका थिए । उनले आफ्नो बयानमा आर्यन खानलाई छुटाउनका लागि उनले गोसावीले कोही व्यक्तिसँग २५ करोडको सम्झौता गरिरहेको सुनेका थिए ।
एनसीबीले पछि अदालतमा प्रभाकर साइलले पछि आफ्नो बयान फेरेको बताएको थियो ।
बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानलाई अघिल्लो वर्ष ३ अक्टोबरमा मुम्बईको समुद्र तटमा एक क्रुजबाट पक्राउ गरिएको थियो ।
आर्यन र उनीसँगै १९ जनालाई एनडीपीसी ऐन अन्तर्गत पक्राउ गरिएको थियो । उनीहरुमाथि लागुऔषध ओसारपसार, सेवन र बिक्री गरेको अभियोग लगाइएको थियो ।
यस मुद्दामा आर्यनसहित १८ जना धरौटीमा रिहा भएका छन् भने दुई जना अझै न्यायिक हिरासतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण