मलाइका चढेको गाडी दुर्घटना, अस्पतालमा नायिका
बलिउडकी नायिका मलाइका अरोडाको गाडी दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । गाडी खोपोली एक्सप्रेसवेमा दुर्घटनामा परेको बताइएको छ । खबरका अनुसार तीन गाडी एक–आपसमा ठोक्किएका छन् जसमध्ये एक मलाइका आरोडाको पनि थियो । दुर्घटनाका बेला नायिका गाडीभित्रै थिइन् ।
भारतीय सञ्चार माध्यमका अनुसार मलाइकालाई हल्का चोट लागेको छ । खोपोली प्रहरी स्टेशनका अनुसार नायिकालाई अपोलो अस्पताल लगिएको छ जहाँ उनको उपचार चलिरहेको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धानपछि उनले एफआईआर दर्ता गर्नेछिन् ।
मलाइकाका साथीले दिए जानकारीः
मलाइका अरोडाका नजिकका साथीले इन्डिया टुडेलाई दिएको जानकारी अनुसार मलाइकाको घाउमा टाँका लगाइएको छ र हाल उनको अवस्थामा राम्रो छ । उनका अनुसार मलाइका दुर्घटनाका कारण ‘शक’मा भने परेकी छिन् । टाउको नजिकै उनले कुशन राखेको भएर उनलाई खासै चोट नलागेको पनि ती साथीले जानकारी दिए ।
मलाइकाको रेन्ज रोवर गाडी दुर्घटना भएको हो । दुई गाडीबीच उनको गाडी फस्यो र दुर्घटना भयो । मलाइका कुनै फेशन कार्यक्रममा समावेश हुनका लागि यात्रामा थिइन् ।
एपोलो अस्पतालका अनुसार नायिकाको टाउकोमा हल्का चोट लागेको छ । मलाइकाको सिटी स्क्यान गरिएको छ जसमा उनको रिपोर्ट राम्रो आएको छ । उनलाई शनिबार रातभरी अब्जरभेसनमा राखिएको छ र आइतबार उनलाई डिस्चार्ज गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
