शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘सिटामोल’ मा अभिनय गर्दै बेनिशा

आइतबार, २० चैत २०७८, १२ : ३४
आइतबार, २० चैत २०७८

अभिनेत्री बेनिशा हमाल फिल्म ‘सिटामोल’ मा देखिने भएकी छन् । फिल्म अभिनयको बिषयमा आफुले केही अगाडि सम्झौता गरेको बेनिशाले बताइन् । फिल्मको आफ्नो भूमिका अहिले खोल्न नमिल्ने उनी बताउँछिन् । फिल्ममा उनी अभिनेता सौगात मल्लका जोडिएको रुपमा देखिनेछिन् । बेनिशाले यसअगाडि फिल्म ‘झ्यानाकुटी’ मा सौगातको जोडी बनेकी थिइन् ।

‘सिटामोल’ राजबहादुर सानेले निर्देशन गर्न लागेका हुन् । फिल्मको छायाङ्कन जेठको अन्तिमबाट हुने बताइएको छ । सौगातले यो फिल्म लकडाउनमै साइन गरेका थिए । फिल्मको अन्य कलाकार र प्राविधिक पक्ष भने छनौटको चरणमा छन् । यो फिल्म अगाडि सौगातले ‘दुई नम्बरी’ अभिनय गर्नेछन् । ‘दुई नम्बरी’ मा अभिनेता पल शाहलाई हटाएर निर्माण युनिटले हालै सौगातलाई भित्र्याएको हो ।

‘सिटामोल’ को कथा निर्देशक साने र पटकथा प्रदीप भारद्वाजले तयार पारेका हुन् । फिल्मले नेपाली समाजमा घटिरहेको वास्तविक घटना ब्यक्त गर्ने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप