शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

ड्रमर गुमाएको एक हप्तापछि फू फाइटर्सलाई तीनवटा ग्रामी

सोमबार, २१ चैत २०७८, ०९ : ००
सोमबार, २१ चैत २०७८

चर्चित रक ब्याण्ड फू फाइटर्सले ड्रमर टेलर हकिन्सलाई गुमाएको एक हप्तापछि सन् २०२२ को ग्रामी अवार्डमा तीन वटा पुरस्कार जित्न सफल भएको छ । ब्याण्डले ‘मेडिसिन एट मिडनाइट’ का लागि उत्कृष्ट ‘रक सङ एल्बम’को पुरस्कार हात पार्‍यो भने ‘मेकिङ अ फायर’ का लागि उत्कृष्ट रक पर्फमेन्स र ‘वेटिङ अन अ वार’ का लागि उत्कृष्ट रक गीतको पुरस्कार जितेको हो ।

अवार्डमा ब्याण्डका सदस्यहरू भने अनुपस्थित रहेका थिए । उनीहरूको साटो प्रस्तोता जिमी जामले पुरस्कार ग्रहण गरेका थिए । हकिन्सको गत हप्ता कोलम्बियामा मृत्यु भएको थियो । स्थानीय अधिकारीहरूका अनुसार हकिन्सको छातीमा पिडा भएपछि होटलमा एम्बुलेन्स पुगेको थियो । तर उनलाई बचाउन सकिएन र मृत घोषित गरिएको थियो । ५० वर्षीय ड्रमरको रगतमा लागू औषध भेटिएको बताइएको छ । तर, यसले नै उनको मृत्यु भएको हो या होइन भन्ने खुलेको छैन ।

फू फाइटर्सले ग्रामी अवार्डमा पनि प्रस्तुति दिने कार्यतालिका रहेको थियो । तर, आयोजकले हकिन्सको स्मृतिमा फू फाइटर्सकै गीत ‘माई हिरो’ बजाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप