शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

हैदराबादमा चलिरहेको रेव पार्टीबाट थुप्रै भिआइपीका सन्तानसहित १४२ जना हिरासतमा

सोमबार, २१ चैत २०७८, १० : ०८
सोमबार, २१ चैत २०७८

हैदराबाद प्रहरीको टास्क फोर्सको समूहले बंजारा हिल्सस्थित एक पाँचतारे होटलको पबमा आइतबार बिहानै छापामारी गरेको छ । त्यहाँ रेव पार्टी चलिरहेको थियो र यो छापामारीमा अभिनेता, राजनेता र थुप्रै भिआइपीका सन्तानसहित लगभग १४२ जनालाई हिरासतमा लिइएको छ ।

एक वरिष्ठ प्रहरी अधिकारीले समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा होटलका एक कर्मचारीबाट कोकिनसहित नसालु पदार्थ जफत गरिएको छ ।

प्रहरी अधिकारीका अनुसार उनीहरुलाई पबमा एउटा पार्टी आयोजना भइरहेको छ र उक्त पार्टीले निश्चित समयको नियम उल्लंघन गरेको र यसैका आधारमा आफूहरुले छापामारी गर्दा होटलका कर्मचारीबाहेक १४२ जनालाई हिरासतमा लिइएको छ ।

प्रहरीले यो रेभ पार्टीबाट एक ठूला तेलुगु अभिनेताका छोरालाई हिरासतमा लिएको बताइएको छ ।

यसैबीच हैदराबमादका प्रहरी आयुक्त सिवी आनन्दले बंजारा हिल्स प्रहरी स्टेशनका एसएचओलाई निलम्बित गर्न आदेश जारी गरेका छन् । साथै उनले एसीपी (बंजारा हिल्स–डिभिजन) को तर्फबाट कथित लापरवाही गरेको भन्दै चार्ज मेमो जारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप