कंगना रनौतको शाहरुख, अक्षय र रणबीर सिंहमाथि निशाना, किन ?
ओटीटीमा एकता कपुरको विवादित शो लक अप होस्ट गरिरहेकी अभिनेत्री कंगना रनौतले यसपटक शाहरुख खान र अक्षय कुमारजस्ता स्टार्समाथि निशाना साँधेकी छिन् ।
रियालिटी शो बिग बसजस्तै ओटीटीमा एकता कपुरले एउटा शो ल्याएकी छिन् । जसका नाम हो लक अप । यो शोमा प्रतियोगीले एक–अर्कामाथि खुल्ला रुपमा गाली गरिरहेको देख्न सकिन्छ, कतिपटक कतिले त सीमासमेत नाघ्ने गर्छन् । तर यो शो होस्ट गरिरहेकी कंगनाले सधैँ आफ्नो शो अन्य शोभन्दा भिन्न भएको दाबी गर्ने गर्छिन् ।
कतिपटक उनले नाम नलिइकनै बिग बसमाथि निशाना साँधेकी छिन् । तर यसपटक उनको निशानामा हिन्दी फिल्म इन्डष्ट्रिका थुप्रै चर्चित अनुहार छन् । इन्स्टाग्राममा कंगनाले थुप्रै सफल कलाकार जस्तै शाहरुख खान, अक्षय कुमार, प्रियंका चोपडा र रणवीर सिहंले होस्टिङमा हात बढाएको बताएकी छिन् । यसरी भूमिका बाँध्दै उनी लेख्छिन्, ‘उनीहरुको करियर भलै सफल रहेको होस् तर उनीहरु होस्टिङमा सफल हुन सकेनन् । यो असफल होस्ट हो । अहिलेसम्म श्री अमिताभ बच्चन जी, सलमान खान जी र कंगना रनौतले नै सुपरस्टार होस्सट बन्ने गौरव हासिल गरेका छन् । म यो लीगमा संलग्न भएर आफूले आफैंलाई सम्मानित महसुस गरिरहेकी छु ।’
यतिमा मात्रै रोकिइनन् । उनले थपेकी छिन्, ‘कास, मैले यस्ता कुरा स्पष्ट पार्नु पर्दैनथ्यो । तर इर्ष्यालु फिल्म माफियाले मलाई र मेरो शोलाई बदनाम गर्नका लागि सबैकुरा गरिरहेका छन् । त्यसैले मैले यी कुरा गर्नु परिरहेको छ र मलाई यसमा कुनै अफसोस छैन । ’
अन्त्यमा कंगनाले लेखेकी छिन्, ‘आफ्नो पीढीको एकमात्र सफल होस्ट हुनु अदुभूत हो । अमिताभ बच्चन कौन बनेगा करोडपतिका होस्ट हुन्, सलमान खान बिग बसका । शाहरुख खानले एकपटक केबीसीको होस्टिङ गरेका थिए जुन खासै सफल हुन सकेको थिएन । जबकी अक्षय कुमारले खतरों के खेलाडी होस्ट गरिसकेका थिए । यस्तै, रणबीर सिंहले द बिग पिक्चर शोको होस्टिङ गरेका थिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण